logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा पशु सेवा केन्द्र भवन निर्माण, आज औपचारिक उदघाटन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१०, मा पशु सेवा केन्द्र भवन निर्माण गरिएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले करिव एक करोड ४३ लाख रुपियाँ लागतमा पशु सेवा केन्द्र भवन तयार पारी शनिबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो । पशु सेवा केन्द्र भवनको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डाक्टर उमेश दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

नगरप्रमुख बुढाथोकीले अब नगरपालिकाको पशु शाखा यही भवनबाट सञ्चालन गरी पशु चौपायको औषधि उपचारसहित पशु शाखाबाट प्रदान हुने सेवा उपलब्ध गराइने जानकारी दिए ।

उनका अनुसार पशु चिकित्सक, प्राविधिक र प्रयोगशालाका कर्मचारीले यहाँ बसेर पशुपालक किसानलाई सेवा प्रदान गर्ने छन् । हरिवन नगरपालिकाको पशु सेवा शाखा यसअघि वडा नं. ११ स्थित पुरानो नगरपालिका भवन नजिक रहेको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

यसैबीच, हरिवनको अर्को खबरमा वडा नं. ६ स्थित सिद्धार्थ गुम्बा दक्षिण–पूर्वको खाली जग्गामा शनिबार नगरप्रमुख बुढाथोकी लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको छ ।