logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलराबाट गाँजासहितको मोटरसाइकल बरामद


  • उज्यालो अभियान

बलरा – सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट बिहीबार बिहान लागूऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) छतौनाबाट सशस्त्र प्रहरी निरीक्षक लालबहादुर रोकाको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपालिका–१, स्थित छन्कीमा चेकजाँच गर्नेक्रममा गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय बीआर ०६ बीए ०५३२ नम्वरको मोटरसाइकलमा सवार व्यक्ति सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाइकल छाडेर भागेका छन् ।

उक्त मोटरसाइकल नियन्त्रणमा लिइ चेकजाँच गर्दा सिटकभरमा लुकाइ राखिएको ३.३ केजी गाँजा बरामद भएका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।