logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका अधिकांश स्थानमा अहिले सिमसिम वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीका अधिकांश स्थानमा अहिले सिमसिम झरी परिरहेको छ ।

पानी नपरेको क्षेत्रमा पनि पानी पर्लाजस्तो भई मौसम धुम्म भइरहेको छ । यहाँ पानी परेपछि गर्मी घट्दा आम नागरिकले निकै राहत महसुस गरेका छन् ।

पानी परेर शित्तल हुँदा जनजीवन सामान्य बनेको हो । भदौरे झरीले धान, उखुलगायतका बालीलाई फाइदा पु¥याएको छ । तर जम्ने गरी भने पानी पर्न सकेको छैन् ।

यसैबीच, आज पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो र कोशी, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा राति ठूलो पानी पर्ने उनले बताए । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

काठमाण्डौसहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । मनसुन सक्रियसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।