logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाका एक युवकको बोर्डर पारी भारतीय भूमीमा मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवाका एक युवकको सीमापारी भारतीय भूमीमा मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–४, बस्ने वकिल धोबीका छोरा ३५ वर्षीय रवानी हुसेनको दशगजा नजिक भारततर्फ खेतमा शव फेला परेको हो । पारिवारिक श्रोतका अनुसार मृतक व्यक्ति लागूऔषधको प्रयोगकर्ता रहेको बुझिएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार परिवारजनले शव बुझेर घर ल्याइसकेका छन् ।

सर्लाहीमा पछिल्लो सयम युवा पुस्ता लागूऔषध सेवन गर्न ठूलो संख्यामा बोर्डर पारी भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका छन् । केही दिनअघि मलंगवास्थित कृष्णामति माध्यमिक विद्यालयमा लागूऔषधको सेवन गर्ने एक युवक मृत अवस्थामा फेला परेका थिए ।