logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संचारकर्मी मैनालीद्वारा जन्मदिनमा गुरुकुल र आश्रममा सहयोग


  • उज्यालो अभियान

लालबन्दी – उज्यालो अभियान दैनिकका संचालक समेत रहेका संचारकर्मी प्रकाश मैनालीले आफ्नो जन्मदिनको अवसरमा सोमबार गुरुकुल र आश्रममा सहयोग प्रदान गरेका छन् ।

बयलवास निवासी मैनालाीले जन्मदिनको अवसरमा लालबन्दी नगरपालिका ७ स्थित राधाकृष्ण गुरुकुलमा बस्ने बटुकका लागि एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गरे । गुरुकुलमा बसेर संँस्कृत अध्ययन् गरिरहेका बटुकलाई खाद्यान्न अभाव रहेको थाहा पाएपछि जन्मदिनको अवसर पारेर मैनालीले एक महिनाका लागि पुग्ने १ सय ७५ केजी चालम र ३० केजी दाल प्रदान गरेका हुन् ।

त्यस्तै, उनले लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई थान एलइडी बत्ती प्रदान गरेका छन् । सोही आश्रममा उनले आश्रीत बुवा आमा तथा अन्यलाई फलफूल समेत वितरण गरे । सो अवसरमा आश्रमका संरक्षक बासुदेवशरण कोइराला र संचालक भवानी कोइरालाले शुभआर्शिवाद व्यक्त गरेका छन् ।

मैनालीले हरिवन नगरपालिका १ कैलाशपुरीस्थित मानव सेवाश्रममा पनि दुई थान एलइडी बत्ती प्रदान गरेका छन् ।