logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संघीय तथा प्रदेशका कृषिमन्त्रीबाट बागवानीको निरीक्षण


  • उज्यालो अभियान

नवलपुर – कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले शनिबार साँझ सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको निरीक्षण गरेका छन् ।

महोत्तरीको बर्दिवासस्थित कार्यक्रममा आएका बेला मन्त्री भुषालले संघीय सरकार मातहत रहेको बागवानी केन्द्रमा आएर केन्द्रको निरीक्षण गरेका हुन् । संघीय कृषि मन्त्री भुसालसँगै मधेश प्रदेशका कृषि मन्त्री गोविन्दबहादुर न्यौपानेले समेत बागवानी केन्द्रको निरीक्षण गरे ।

नेकपा एकीकृत समाजवादी पार्टीको कार्यवाहक अध्यक्ष समेत रहेका मन्त्री भुषालले जिल्ला आएको मौकामा बागवानी केन्द्रकै हलमा यहाँका अगुवा नेता कार्यकर्तासँग भेट गरेर साँझ पुनः बर्दिवास नै फर्किएका छन् ।