logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

धुम्म छ सर्लाहीको मौसम, पानी पर्दा शित्तल 


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज (आइतबार) पनि पानी पर्लाजस्तो भई धुम्म छ ।

यहाँ हिजो दिनभरजसो नै वर्षा भयो । राति पनि पानी परेको थियो । आज पुनः वर्षा होलाजस्तो भई मौसम धुम्म भई कुहिरो लागेको जस्तो भइरहेको छ ।

पानी परेपछि यस क्षेत्रमा गर्मी घटेर स्थानीय वासिन्दाले शित्तलताको महसुस गरेका छन् ।

सर्लाहीसहित तराई क्षेत्रमा साउनको अन्तिमतिर आएर किसानको आश र खाँचो अनुसार पर्याप्त भइरहेको छ । यो पानीले रोपाइँ गरिरहेका किसान र रोपाइँ सकेर धानका लागि पानी चाहिएका किसान दुवैलाई खुसी पारेको छ ।

पाकेको मकै भाज्न भने केही असर गरेको छ । ढिलो गरी भएपनि साउनको अन्तिममा पानी पर्दा किसानले छिप्पिसकेको ब्याड भएपनि रोपाइँ गरिरहेका छन् । अब लगभग जिल्लाको सबैभागमा रोपाइँ सकिने चरणमा रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

सर्लाहीमा ४६ हजार ५०० हेक्टर धान खेती हुने खेतमध्ये करिव सबै जग्गामा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । भित्री कच्ची सडक हिलाम्मे र जलमग्न हुँदा पैदलहिँड्न र गाडी चलाउन समस्या छ । चुरेभेगका गाउँहरुमा जाने बाटो  बन्द छन् ।

खोलाबाढी आएकाले खोलैखोला भएर जानुपर्ने गाउँसम्म आउजाउ बन्द भएका छन् ।