लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, मा रहेको जनज्योति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा कमल प्रसाद पौडेल सर्वसम्मत रुपम चयन भएका छन् ।
शनिबार दिउँसो सम्पन्न वनको ८ औँ वार्षिक साधारण सभाले बरहथवा नगरपालिकाका पूर्व कर्मचारी समेत रहेका लालबन्दी ९ वस्तीपुर निवासी पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवराज सुस्लिङ, सचिवमा टंक खत्री, कोषाध्यक्षमा सीता दाहाल, सह सचिवमा सन्तोष चौलागाईंसहित अन्य सदस्य रहेका छन् ।
वनका निवर्तमान अध्यक्ष खिलराज सुस्लिङको अध्यक्षता तथा सवडिभिजन वन कार्यालय लालबन्दीका सहायक वन अधिकृत सुभासचन्द्र साहको प्रमुख आतिथ्यता एवं लालबन्दी ९ का वडाध्यक्ष नारायण प्रसाद अधिकारीको विशिष्ठि आतिथ्यतामा वनको साधारण सभा सम्पन्न भएको हो ।
शिवप्रसाद न्यौपानेले संचालन गरेका कार्यक्रमका शुभद्रा चौलागाईंले स्वागत मन्तव्य राखिन । कार्यक्रममा नेपाली कांग्रेसका इन्द्र पोखरेल, नेकपा एमालेका वसन्त कुमार मैनाली, नेकपा एकीकृत समाजवादीका जगर्नाथ काफ्ले (राजन) लगायतले मन्तव्य राखेका थिए ।