logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अविरल वर्षाले घर भत्कियो, साँढे ४ लाख बराबरको क्षति


  • उज्यालो अभियान

फाइल तस्बीर ।

गोडैता – शनिबार बिहानपख भएको भारी वर्षाले सर्लाहीको गोडैता नगरपालिका–८, मा एक गरिब परिवारको घर भत्किएको छ ।

वर्षाको पानीले स्थानीय रामसेवक रायको खपडा र टालीले छाएको कच्ची घर भत्किएको हो । घर भत्किँदा राय परिवारको ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बस्ने घर भत्किएपछि पीडित परिवार बिचल्लीमा परेका छन् ।

जिल्लाको दक्षिणी भेगका ग्रामीण बस्तीमा ठूलो पानी पर्नासाथ गरिव तथा विपन्न वर्गका परिवार बस्ने कच्ची घर भत्किने गरेको छ ।

यसैबीच, बसबरिया गाउँपालिका २ मा बसोवास गर्ने अतिविपन्न १५ घरधुरीलाई हिजो बागमती सेवा समाजले राहत सामग्री प्रदान गरेको छ । मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा १५ परिवारलाई त्रिपाल, झुल, सोलार लाइटलगायतका सामग्री प्रदान गरिएको बागमती सेवा समाजका गजेन्द्र साहले जानकारी दिए ।