मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका–२, का बाढी तथा डुबान पीडितलाई राहत सामग्री प्रदान गरिएको छ ।
केही दिनअघि भएको भारी वर्षापछि बसबरियामा ३४ परिवार प्रभावित भएका थिए । ५ घर पूर्णरुपमा क्षति भएकासहित ३४ परिवारलाई नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाले खाना पकाउने भाँडा, त्रिपाल, बाल्टिन, लुगासहितका सामग्री राहत स्वरुप प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रेडक्रस मलंगवाका सभापति नागेन्द्रप्रसाद चौधरीलगायत भएर राहत सामग्री प्रदान गरे । पीडितलाई जिल्ला प्रशासन कार्यालय मलंगवामै बोलाएर राहत सामग्री प्रदान गरिएको रेडक्रस मलंगवाले जनाएको छ ।