प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा नालाभित्र नवजात शिशुको शव फेला परेको छ ।
मलंगवा नगरपालिका–९, स्थित ओम पेट्रोल पप्प नजिक नालाभित्र तैरिरहेको अवस्थामा भर्खरै जन्मिएको जस्तो देखिने नवजात शिशु (छोरा) को शव फेला परेको हो । मंगलबार साँझ नालामा पानी घटेका बेला मृत अवस्थामा नवजात शिशु फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । ती शिशु अवैध सम्वन्धबाट जन्मिएर नालामा ल्याइ फालेको हुनसक्ने आशङ्का गरिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।
शिशुलाई नालामा ल्याएर फाल्नेको खोजी भइरहेको डीएसपी थारुले बताए ।