फाइल तस्बीर ।
गोडैता – सर्लाही सदरमुकाम मलङ्गवादेखि पश्चिमी भेगमा गएराति देखि नै विद्युत् अवरुद्ध छ ।
यस क्षेत्रमा अस्ती आइतबारदेखि विद्य्ुत् अनियमित थियो । गएराँझ केहीबेर बत्ती आएपनि रातिदेखि पूर्णरुपमा अवरुद्ध रहेको स्थानीयले बताएका छन् ।
मलंगवादेखि पश्चिम कौडेना, गोडैता, बलरा, रामनगर, विष्णुलगायतका पालिकामा विद्युत् अवरुद्ध भएको हो । बत्ती नहुँदा स्थानीयले अन्धकारमा रात काटेका छन् भने विद्युत्बाट हुने सम्पूर्ण काम ठप्प भएको छ । ३ दिनदेखि बत्ती अवरुद्ध हुँदा हिजोदेखि रेडियो बन्द गर्नुपरेको गोडैतास्थित रेडियो बन्धनका संचालक निरज यादवले उज्यालो अभियानसँग बताए ।
विद्युत् अवरुद्ध भएकोबारे बुझ्न खोज्दा मलंगवा वितरण केन्द्रका प्रमुख तथा अन्य जिम्मेवार कर्मचारी मोवाइल स्विच अफ गरेर बसेका छन् । अन्य ठाउँको तुलनामा मलंगवा वितरण केन्द्रका कर्मचारीले बढी लापरवाही गर्ने गरेको स्थानीयको आरोप छ ।