बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
हरिपूर्वा – सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।
सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनायो । मादक पदार्थ सेवनको लत्तमा फस्नुभएका उहाँ के कति कारणले खोलामा गएको भन्ने बारेमा बुझ्ने काम भइरहेको छ ।
मंगलबार दिउँसो मात्रै बागमती नदीले बगाएर बरहथवामा एक जनाको ज्यान गएको थियो ।