logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा एक किसानलाई बाढीले बगायो, उद्धार गरी अस्पताल लगिँदै


  • उज्यालो अभियान

बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)

बरहगवा – सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले समनपुर घाटमा एक किसानलाई बगाएको छ ।

मंगलबार बिहान रौतहटको गढिमाई नगरपालिका २ समनपुरबाट सर्लाहीतर्फको खेतमा खेती गर्न आएका किसानलाई बाढीले बगाएको हो । बाढीले बगाएका किसानको परिचय खुल्न बाँकी छ ।

उनलाई सिकिस्त अवस्थामा उद्धार गरी उपचारका लागि अहिले रौतहटको चन्द्रनिगाहपुरतर्फ लगिँदै गरिएको प्रहरीले जनायो । बरहथवा नगरपालिका ४ स्थित समनपुर घाटमा पुलवारी बागमती नदी पसेर डुबान भइरहेको क्षेत्रमा खेती गर्न आएका किसानलाई बाढीले बगाएको हो ।

समनपुरघाटमा पुल वारी सर्लाही र पारी रौतहट दुवै क्षेत्र अहिले डुबानमा परेको छ ।

यस्तै, लगातारको वर्षापछि बरहथवा १ हजरियामा बागमती नदी र कौडेना गाउँपालिका ७ मा लखन्देखी नदीले बाँध कटान गरेपछि अहिले सुरक्षाकर्मी, स्थानीय लगायत भएर बाँध कस्ने काम गरिरहेका छन् ।