मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाले १५ जना शिक्षकलाई आज (सोमबार) ल्यापटप वितरण गरेको छ ।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको चुनावी घोषणा पत्र अनुसार ५० प्रतिसत नगरपालिकाको लगानी र बाँकी ५० प्रतिसत शिक्षकको लगानीमा पहिलो चरणमा १५ जना स्थायी शिक्षकलाई ल्यापटप बाँडिएको हो ।
नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमलगायत भएर शिक्षकलाई ल्यापटप वितरण गरेका हुन् ।