logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवमा मृत भेटिएका युवकको सनाखत हुन सकेन


  • उज्यालो अभियान

मलंगवा – मलंगवामा हिजो बिहान मृत फेला परेका युवकको आज बिहानसम्म पनि सनाखत हुन सकेको छैन् ।

हिजो मलङ्गवा नगरपालिका–९, स्थित कृष्णामति माध्यमिक विद्यालयको हाताभित्र अन्दाजी २२÷२३ वर्षीय युवक मृत अवस्थामा फेला परेका हुन् । मृतक लागूऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र परिचय खुलाउन सबैतिर सोधखोज जारी रहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।