मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा एक पुरुष मृत फेला परेका छन् ।
मलंगवा नगरपािलका–९, स्थित कृष्णामति माध्यमिक विद्यालयको हाताभित्र अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको परिचय खुल्न सकेको छैन् ।
जिल्ला प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । आइतबार बिहान स्थानीयले बेवारिसे पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतक लागूऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ । एसपी सुवेदीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन् ।