नवलपुर – नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम सर्लाही जिल्ला अधिवेशन शनिबार नवलपुरमा सम्पन्न भएको छ ।
एमाले मधेश प्रदेश कमिटीका सदस्य, महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजु थापा (विष्णु) को अध्यक्षता तथा एमालेका केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशबाट दिनेश उप्रेतीको नेतृत्वमा महासंघको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको छ ।
कार्यक्रममा एमाले सर्लाहीजिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, प्रदेश उपाध्यक्ष रेबती पन्तलगायतको उपस्थिति रहेको थियो । अनमोल होटल लालबन्दीमा भएको उक्त कार्यक्रममा जिल्लाभरबाट एमाले नेता कार्यकर्तासहित उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो ।