प्रतिकात्मक तस्बीर ।
बागमती – सर्लाहीको बागमती नगरपालिका–१०, शंकरपुरमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले स्थानीय ३२ वर्षीय नरबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । विश्वकर्माले यही साउन १५ गते राति घरमा कोही नभएको मौकामा गाउँकै १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।