logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सहभोज


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगरमा जातीय छुवाछुत तथा बिभेदविरुद्ध जनचेतनाको लागि सामुहिक सहभोज कार्यक्रम सम्पन्न भएको छ।

साप नेपालको सहकार्य तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा चन्द्रनगर गाँउपालिकाको नाढीतालमा मानव अधिकारकर्मी तथा नेपाल राष्ट्रिय दलित समाज कल्याणका अध्यक्ष राजेश पासवान अध्यक्षतामा भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश सभाका सदस्य शकुन्तला देवी राम र विशेष अतिथी राष्ट्रिय दलित मुक्तिका अध्यक्ष गोविन्द पासवान रहेका थिए ।

समाजमा विध्यमान विभेद र असमानताको अन्त्य गर्ने उदेश्यले सहभोजको आयोजना गरेको अध्यक्ष राजेश पासवानले बताए । जातिय विभेद र छुवाछुत अन्त गरौ, समतामुलक समाजको निर्माण गरौ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा विभिन्न दलित अगुवा, सामाजिक नेता र गैरदलित अगुवाले भेदभाव तथा छुवाछुतरहीत मानव समाजको विकास गर्नुृपर्नेमा जोड दिए । कार्यक्रममा सामाजिक अभियन्तासहित ४७ जनाको सहभागिता रहेको थियो ।