logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गएरातिको हावाहुरी र वर्षापछि सर्लाहीको बिजुली अनियमित


  • उज्यालो अभियान

लालबन्दी – राति केहीबेर हावाहुरीसहित पानी पर्दा सर्लाहीको बिजुली बत्ती आज अनियमित भइरहेको छ ।

यस क्षेत्रमा बत्ती आउने जाने भइरहेको हो । कतिपय ग्रामीण भेगमा राति हावाहुरी चल्दादेखि बत्ती गएको स्थानीयले बताएका छन् ।

सर्लाहीमा प्रायः सामान्य हावाहुरी चलेपछि घण्टौंसम्म बत्ती जाने समस्या छ । राति लालबन्दीसहित आसपासका क्षेत्रमा हावाहुरीसहित केहीबेर वर्षा भएको थियो । यो पटक पनि ठूलो पानी पर्न नसकी टरेको छ । चर्को गर्मीमा बत्ती आउने जाने भइरहने र कतिपय ठाउँमा बत्ती नै नआएकाले स्थानीय गर्मीले थप छटपटिएका छन् ।

हिजोआज पंखाको सहाराबिना बस्न सक्ने अवस्था छैन् । यस क्षेत्रमा हिजो अझ दिनभर टन्टलापुर घाम लागेर खपिनसक्नु गर्मी थियो । आज पनि हपक्क गर्मी छ ।

कहिलकाँही स्यार्रसुर्र पर्ने पानीले गर्मी झन बढाएको स्थानीय वासिन्दा गुनासो गर्छन् । यो वर्ष पर्याप्त पानी पर्न नसक्दा किसानको धेरै नै बिजोक छ । धेरैले धान रोप्न पाएका छैनन् भने रोपेको धान खेत पनि पानी नभएर पटपट फुटेको छ ।