प्रतिकात्मक तस्बिर ।
हरिपुर – हरिपुर नगरपालिका–८ मा शुक्रबार बेलुकादेखि नहरले बगाएर बेपत्ता बालक शनिबार अपरान्ह मृत फेला परेका छन् ।
स्थानीय उपेन्द्र दासका छोरा ७ वर्षीय अमन दास हरिपुरस्थित नहरको पुलमा खेल्नेक्रममा नहरमा डुबेर बेपत्ता भएका थिए । ती बालकलाई हरिपुर नगरपालिका–४, स्थित हरैयाबाट पिडारीतर्फ जाने बाटो नजिक नहरमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
गोडैता र हरिपुरमा भएको घटनाका मृतक दुवै बालबालिकाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।