हरिवन – सर्लाहीको हरिवनमा रहेको महादेव जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा मोहनकुमार कार्की चयन भएका छन् ।
लामो समयदेखिको प्रयास पश्चात राजनीतिक भागबण्डा तथा सहमती मिलाई कार्कीलाई व्यवस्थापन समितिको अध्यक्ष बनाइएको हो । हरिवनको सबैभन्दा ठूलो यस विद्यालयमा आफ्नो पार्टी निकटका व्यक्तिलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउन नगरभित्रका शिर्षस्त नेताहरु लागिपरेका थिए ।
व्यवस्थापन समितिको सदस्यहरुमा कुलबहादुर थपलिया, जनार्दन पोखरेल, मनुमाया मल्ल आले, सरस्वती पोखरेल, दिर्घ लुईटेल आचार्य, वडा प्रतिनिधि सोनी गुर्मछान,शिक्षक प्रतिनिधि डिल्लीरमण भट्टराई र सदस्य सचिवमा जयशंकर सिंह रहेका छन् ।