logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

धाम्मधुम्म मौसम, पर्न सकेन पानी


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज पनि धाम्मधुम्म भई हपक्क गर्मी छ ।

यहाँ पानी पर्न सकिरहेको छैन् । आज बिहानपख लालबन्दी बजार क्षेत्रमा केहीबेर पानी छिट्याएको थियो । केही बेर पानी छिट्याएर रोकिँदा झन बढी गर्मी हुने गरेको छ ।

सर्लाहीमा गएराति पनि पानी पर्लाजस्तो भई बिजुली चम्किएर मौसम बदली भएको थियो । तर, पानी पर्न नसकी टरेको छ । यसरी बारम्बार पानी पर्लाजस्तो हुने तर टरेर जाने गर्दा यहाँका किसान निराश बनिरहेका छन् । पानी पर्न नसक्दा सबै ठाउँमा रोपाइँ हुन पाएको छैन् । रोपेको धान सुकेर गइरहेको छ ।

पप्पसेट चल्ने ठाउँका किसानले बिजुली तथा महँगो डिजल प्रयोग गरेर रोपाइँ गरिरहेका छन् । खडेरी र चर्को गर्मीका कारण किसान तथा मजदुरलाई खेतबारीको काम गर्न असाध्य गाह्रो परिरहेको छ । पानी पर्न नसक्दा मकै बाली समेत प्रभावित भएको गुनासो किसानले गरेका छन् ।