logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैता बजारमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


  • उज्यालो अभियान

गोडैता बजारमा दुई समुदाबीच भएको जम्काभेट । (तस्बीर सौजन्य : निरज यादव)

गोडैता – सर्लाहीको गोडैता बजारमा मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

दुई समुदायबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले अहिले अश्रुग्याँस प्रहार गरी भिड तित्तरबित्तर पारिरहेको हो । घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ छन् ।

गोडैतामा केही समयदेखि दुई समुदायबीच विवाद भइरहेकाले मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा पुनः विवाद हुने आंकलन गरी आज त्यहाँ बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।