प्रतिकात्मक तस्बीर ।
गोडैता – गोडैता नगरपालिका–१०, मा घोङ्गी टिप्न गएकी एक बालिकाको शनिबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको छ ।
बाटो बनाउनका लागि खनिएको खाल्डोमा जमेको पानीमा घोँगी खोज्न गएकी स्थानीय रामप्रवेश महतोकी छोरी १३ वर्षीया नेहा कुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनायो । घटनालगत्तै बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।
बालिकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।