logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

महतको नेतृत्वमा सर्लाही फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको कार्य समिति चयन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको जिल्ला कार्य समिति चयन भएको छ ।

सोमबार लालबन्दीमा भएको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनले विनोद महत अध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्यराज काफ्ले, सचिवमा प्रमित ढकाल, कोषाध्यक्षमा यमलराज ढुंगाना, सदस्यहरुमा बिक्रम दाहाल, विवेक महत, शंकरबहादुर श्रेष्ठ, दिनेश ठाकुर, गोविन्द रखाल, कृष्ण बछार र मगर अन्सारी छन् ।

यो संघले जिल्लाका फर्निचर तथा फर्निसिङ्ग व्यवसायीको पक्षमा काम गर्ने छ ।

व्यवसायीहरुको भेलामा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी लगायतको आतिथ्यता रहेको थियो ।