logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी साझेदारी वनको नयाँ नेतृत्व चयन गर्न शान्तिपूर्ण मतदान


  • उज्यालो अभियान

हरिपुर – लालबन्दी साझेदारी वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्न आज हरिपुरस्थित महावीर जनता बहुमुखी क्याम्पसमा शान्तपूर्वक रुपमा मतदान भएको छ ।

साँझ मतदान सकेर अब केही समयपछि मतगणना सुरु गर्ने तयारीमा लागिएको निर्वाचन समितिका एक जना सदस्यले जानकारी दिए । मतदानमा कूल ५०९ मत खसेको छ । यो वन क्षेत्र अन्तर्गत पर्ने १० वटा पालिकाका ७८ वडाबाट ७ जनाको दरले छानिएर आएका प्रतिनिधिले आज मतदान गरेका छन् । राति अबेरसम्म अन्तिम नतिजा आइसक्ने अनुमान छ ।

वनको नेतृत्वका लागि लालबाबु यादव, अन्जुदेवी यादव र खेमबहादुर थापा प्यानलसहित चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वनको यो निर्वाचनमा दलहरुले गठवन्धन नै गरेका छन् ।

यसअघि जानकीनगर साझेदारी वनको चुनावमा पनि दलहरुले गठवन्धन नै गरेका थिए ।