logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लायन्स क्लबद्वारा आश्रममा सहयोग


  • उज्यालो अभियान

नवलपुर – वार्षिक सामाजिक कार्य अन्तर्गत लायन्स क्लब अफ लालबन्दी सिटीले शनिबार लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सहयोग गरेको छ ।

क्लबका वर्तमान तथा पूर्व पदाधिकारी बिहान आश्रममा पुगेर सहयोग प्रदान गरेका हुन् । क्लबका नवनिर्वाचित अध्यक्ष नारायण कुमार दाहालसहितका प्रतिनिधि आएर आश्रममा आश्रय दिएर राखिएका बुवाआमालाई बिहानको एक छाक मिष्ठान्न भोजन गराई खाद्यान्न सामग्री हस्तान्तरण गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

सामाजिक सेवा अन्तर्गत लायन्स क्लब लालबन्दीले वर्षेनिजसो आश्रममा यस प्रकारको सहयोग गर्दै आइरहेको छ ।