logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सवारी दुर्घटनामा परेर १ वर्षमा ६७ जनाको ज्यान गयो


  • उज्यालो अभियान

केही साताअघि बाँके जंगलमा पल्टिएको पिकअप ।

नवलपुर – सर्लाहीमा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो । सो अवधीमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र १ हजार १० जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनायो ।

दुर्घटनामा परी ५५ पुरुष, ५ महिला, ५ बालक र २ बालिकाले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्यामा कमी आएको छ ।

यस आर्थिक बर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन् । जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधन बढी दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक लेखनाथ मैनालीले जानकारी दिए ।

अहिले पनि ट्राफिक नियम पालना गराउन नियमित चेकजाँच र ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम भैरहेको ट्राफिक प्रहरी निरीक्षक मैनालीले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम विपरीत चलाइएका ३४ हजार सवारी साधनलाई कारवाही गरी दुइ करोड ४६ लाख ७० हजार ५ रुपैयाँ राजस्व संकलन भएको छ ।