लालबन्दी – सर्लाहीमा फेरि अत्यधिक गर्मी हुन थालेको छ ।
पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि यहाँ खपिनसक्नु गर्मी हुन थालेको हो । आज यहाँका सर्वसाधारणले अत्यधिक गर्मी महसुस गरिरहेका छन् । अहिले साँझसम्म नै पोल्ने गरी घाम लागिरहेको छ भने हावा नचल्दा गुम्म गर्मी भइरहेको छ ।
गर्मीका कारण मानिसलाई बाहिर निस्कन गाह्रो पर्न थालेको छ ।
पानी पर्न रोकिँदा जिल्लाका किसान निराश भएका छन् । पानीको अभावमा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा धान रोपाइँ रोकिएको छ भने रोपेको रोपोमा पनि पानी सुकेर फुट्न थालेको छ ।
कुलो तथा नहरको पानी लाग्ने र पप्पसेट चल्ने क्षेत्रमा भने रोपाइँ जारी रहेको किसानले बताएका छन् ।