logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

शान्त बन्यो गोडैता बजार, आइतबार प्रहरीमा छलफल हुने


  • उज्यालो अभियान

हरिवन – बुधबार दिनभर तनावग्रस्त बनेको सर्लाहीको गोडैता बजार विस्तारै शान्त बन्दै गएको छ ।

सोमबारे मेलामा गएराति गीत बजाएको विषयमा दुई समुदायबीच विवाद बढेर असहज स्थिति सिर्जना भएको थियो । गीत बजाएको विषयमा चर्किएको विवादले मध्यान्हपख बजार क्षेत्र अशान्त बनेको हो । अप्रिय घटना हुन नदिन दिनभर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरियो ।

गोडैताका मेयर देवेन्द्र यादवले प्रशासनसँग समन्वय गरी विवादित पक्षलाई सम्झाईबुुझाई गरेर स्थिति सामान्य पारिएको बताए । गोडैता बजारमा दिउँसो टायर बालेर प्रदर्शन समेत भएको छ ।

मेयर यादवका अनुसार आगामी आइतबार जिल्ला प्रहरी कार्यालय मलंगवामा छलफल गर्ने गरी स्थिति सामान्य पारिएको हो ।