logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रेडक्रस सर्लाहीका सभापति चौधरी केन्द्रिय सदस्यमा निर्वाचित


  • उज्यालो अभियान

मलंगवा – समाजिक सेवामा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सदस्यमा सर्लाहीबाट नागेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन् ।

रेडक्रस सर्लाहीका सभापति समेत रहेका सदरमुकाम मलंगवा निवासी चौधरी साउन १ र २ गते काठमाडौंमा भएको रेडक्रसको विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । चौधरी ९६ मत प्राप्त गरी केन्द्रिय सदस्यमा विजयी हुँदा उनका प्रतिस्पर्धीले ८५ मत प्राप्त गरे ।

मधेश प्रदेशबाट चौधरीसहित बाराका सपुतबहादुर कार्की र धनुषाका नरेशप्रसाद सिंह पनि केन्द्रिय सदस्यमा विजयी भएका छन् ।