logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संग्रामपुरमा एक महिने मलमास मेला सुरु


  • उज्यालो अभियान

संग्रामपुर – सर्लाहीको दक्षिणी–सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा मंगलबारबाट एक महिने लामो मलमास मेला सुरु भएको छ ।

यो सङ्ग्रामपुरमा लाग्ने प्राचिन तथा ऐतिहासिक मेला हो । स्थानीयले अत्यन्त विश्वास गर्ने सति बिहुला मन्दिर परिसर सङ्ग्रामपुरमा मेला प्रारम्भ भएको पर्सा गाउँपालिका १ का वडाध्यक्ष सतेन्द्र रायले जानकारी दिए ।

मेला प्रारम्भ हुनुअघि मंगलबार नै ठूलो सङ्ख्यामा स्थानीय वासिन्दा उपस्थित भई भव्य कलशयात्रा निकालेका छन् । पूरै गाउँले सहभागी भएको कलश यात्रामा गाउँपालिका अध्यक्ष धीरेन्द्र राय यादव, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादव, विभिन्न वडाका वडाध्यक्ष, अगुवा, वुद्धिजिवी, शिक्षक, राजनीतिक दलका नेतालगायत सहभागी भएका छन् ।