logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

साउन लाग्न लाग्यो, चुरा, पोतेको राम्रो व्यापार


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका हाटबजारमा हरिया, पहेँला चुरा, पोते, मेहन्दीसहित साउनमा प्रयोग हुने अन्य श्रृङ्गारका सामग्रीको राम्रो व्यापार हुन थालेको छ ।

साउनमा महिलाले यि चिजवस्तु अत्यधिक प्रयोग गर्छन् । व्रतालु महिलाले त झनै बढी प्रयोग गर्छन् ।

यहाँको लालबन्दी, हरिवन, मलंगवा, बरहथवा, बयलवास, हरिपुरलगायतका बजारमा उपवासको महिना भनेर चिनिने साउनमा प्रयोग गरिने सरसामग्रीको राम्रो व्यापार भइरहेको हो । शनिबार लालबन्दी बजारमा यि सामग्री किन्नेको दिनभर भिडभाड देखिन्थ्यो ।