ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१० र ११ को संयुक्त वडा कार्यालयमा शुक्रबार वृहत घुम्ती शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा सामाजिक सुरक्षा भत्ताको लागि २७ जनाले नयाँ नाम दर्ता, अपाङ्ग परिचय पत्रतर्फ क बर्ग १ जना, ख बर्ग ३ जना, ग बर्ग १ जनासहित प्रक्रिया नपुगेका ९० जनालाई उचित परामर्श प्रदान गरिएको छ । यसैगरी, झण्डै ३ सय जना ज्येष्ठ नागरिकलाई हर्लिक्स वितरण गरिएको छ ।
त्यस्तै, साधारण स्वास्थ्य जाँच ३९५ जनालाई र ६८९ पशु चौपायलाई औषधि उपचार गरिएको ईश्वरपुर नगरपालिका १० र ११ का वडा सचिव प्रर्मेन्द्र चौधरीले जानकारी दिए ।
ईश्वरपुर १० का वडाध्यक्ष राशनारायण चौधरीको अध्यक्षता तथा मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपमेयर रन्जिता देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।