logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोठमा आगलागी, ४ लाख ५० हजार बराबरको क्षति


  • उज्यालो अभियान

फाइल तस्बिर ।

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुरमा गएराति एक किसानको गोठमा आगलागी हुँदा ४ लाख ५० हजार बराबरको क्षति भएको छ ।

स्थानीय रत्नबहादुर मैनालीको बाँस, काठ र माथि टिनले छाएको २ तले गोठमा अचानक चुल्होबाट आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट गोठ, गोठभित्र रहेका भाँडा, अन्नसहितका सरसामग्री जलेर खरानी भएका छन् ।

राति पौने ९ बजेतिर सुरु भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।