प्रतिकात्मक तस्बिर ।
गोडैता – सर्लाहीको गोडैता नगरपालिका–१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका–१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो । तीव्र गतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनायो ।
मृतक राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।