हरिवन – सर्लाहीको हरिवनमा क्षयरोग सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था सर्लाही शाखाको आयोजनामा बुधबार हरिवन १० ताईवानस्थित सुकुम्वासी बस्तीका स्थानीय वासिन्दा र बिहीबार हरिवन ८ स्थित जनजागृति माध्यमिक विद्यालय बेतालीका विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको हो । स्थानीय तथा विद्यार्थीलाई क्षयरोग अर्थात् टिबी रोग कस्तो प्रकारको रोग हो ?, यो कसरी लाग्छ, यस रोगबाट कसरी बच्ने ? भन्ने विषयमा अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ ।
सहभागी स्थानीय तथा विद्यार्थीलाई हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरी र डाक्टर इन्द्रजित महतो भएर अभिमुखिकरण प्रदान गरेका हुन् । आयोजक संस्थाका अध्यक्ष डोरप्रसाद भट्टराईको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित अभिमुखीकरण कार्यक्रमको समापनमा उपमेयर हरिमाया घलान, हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, हरिवन १० की कार्यवाहक वडाध्यक्ष अन्जना शर्मा शिवाकोटी लगायत सहभागी भएका संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संचालक सुरेश भट्टराईले जानकारी दिए ।