logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सोल्टी बजारमा नहरले बगाएर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बागमती – सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीमा नहरले बगाएर एक बालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१०, नयाँबस्ती घर भइ सोल्टी बजारमा डेरा गरेर पसल सञ्चालन गर्दै आएका अनिल वि.क. का चार वर्षीय छोरा दिक्षान्तको नहरले बगाएर मृत्यु भएको हो । हिजो दिउँसोपख पसलदेखि झण्डै दुई सयमिटर पूर्वतर्फ खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए ।

उनलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।