logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा १५३ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा भएको रक्तदान कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले संयुक्त रुपमा लालबन्दी ७ स्थित एनसेल सप अगाडि आयोजना गरेको रक्तदानमा १५३ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि, आम सर्वसाधारण, सुरक्षाकर्मी लगायत सहभागी भई रक्तदान गरेका लायन्य क्लबका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र जनकपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । रक्तदान कार्यक्रमको लालबन्दीका मेयर बासुदेव अधिकारीलगायतले निरीक्षण गर्नुभएको आयोजकले जनाएका छन् ।