logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जुटपानी आश्रमका बासुदेवशरण कोइरालालाई परोपकार दान विभागको अभिनन्दन 


  • उज्यालो अभियान

जुटपानी – ५० जना भन्दा बढी वृद्धवृद्धा लगायतको पालनपोषण गर्दै आएका बासुदेवशरण कोइरालालाई शनिबार सम्मान तथा अभिनन्दन गरिएको छ ।

परोपकार दान विभाग काठमाडौंले लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका संरक्षक कोइरालालाई वरिष्ठ समाजसेवीको हैसियतले सम्मान तथा अभिनन्दन गरेको हो । आयोजक संस्थाका महासचिव डा. डम्बर बहादुर नेपाली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीलगायत भएर कोइरालालाई सम्मान गरे ।

आफ्नै छोराछोरीबाट अपहेलित भएका तथा बेवारिसे अवस्थामा उद्धार गरेर ल्याइएकाहरुलाई बिना स्वार्थ पालनपोषण गरी उत्कृष्ट समाजसेवा गरेको भन्दै कोइरालालाई सरकारका विभिन्न निकाय तथा संघसंस्थाले दर्जनौँ पटक सम्मान गरिसकेका छन् ।