logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पिडारीमा बाख्रापाठालाई निःशुल्क भ्याक्सिन लगाइयो


  • उज्यालो अभियान

पिडारी – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीस्थित मुसहर बस्तीमा स्थानीयले पालेका बाख्रापाठा र बाच्छीलाई आज (वुधबार) निःशुल्क भ्याक्सिन लगाइएको छ ।

मुसहर समुदायको उत्थानका लागि कार्यरत साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) ले केही दिनअघि पिडारी मुसहर बस्तीमा बसोवास गर्ने २० परिवार मुसहरलाई बाख्रा वितरण गरेको थियो । सोही संस्थाले आज हरिपुर नगरपालिकाको पशु स्वास्थ्य शाखासँग समन्वय गरी चौपायलाई निःशुल्क रुपमा भिटामिन तथा जुका, नाम्लेसहित भित्री तथा बाहिरी किरा नियन्त्रण गर्ने भ्याक्सिन लगाइदिएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख दिव्य श्रेष्ठ, पशु स्वास्थ्यकर्मी प्रमोद सत्याल र विद्यानन्द रायलाई मुसहर बस्तीमै लगेर बाख्रापाठा बाच्छीलाई भ्याक्सिन लगाउन लगाइएको साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए । यसअघि हिजो हरिपुर ७ चिताइनमा पनि यसैगरी बाख्रापाठा र पाडापाडीलाई निःशुल्क रुपमा भ्याक्सिन लगाइएको थियो ।