logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चन्द्रनगरमा दलितहरुको प्रतिकार समिति गठन


  • उज्यालो अभियान

चन्द्रनगर गाउँपालिकाको कार्यालय ।

चन्द्रनगर – चन्द्रनगर गाउँपालिकामा दलित अगूवाहरुमाथि हुने कुटपिट, अत्याचार, शोषण जस्ता घटनाहरुको प्रतिकार गर्ने उद्धेश्यले संयुक्त दलित संघर्ष समिति गठन गरिएको छ ।

चन्द्रनगर गाउँपालिका अन्तर्गत ७ वटै वडाका दलित अगूवाहरुको सोमबार सम्पन्न भेलाले संघर्ष समिति गठन गरेको हो । पछिल्लो समय दलितहरुमाथि अत्याचार, शोषण, दमन जस्ता घटनाहरु बढ्दै गएकाले त्यस्ता कार्यहरुको प्रतिकार गर्दै दोषिलाई कडा कानूनी कार्बाहीको दायरामा ल्याउन एवं पीडितलाई न्याय दिलाउन भन्दै रामकेवल माभी, दरोगा पासवान र विल्टु पासवान संयोजक तथा धर्मदेव माझी र महेन्द्र राम सह–संयोजक एवं रामअधिन दास सचिव रहेको १७ सदस्यीय समिति गठन गरेका हुन् ।

भेलाले गत आईतबार स्थानीय दलित अगूवा पुनित पासवानमाथि जातिय विभेद हुनेगरी कुटपिट गर्ने अध्यक्ष तथा कार्यपालिका सदस्यहरु विरुद्ध किटानी जाहेरी दिने निर्णय समेत गरेको छ । त्यस्तै चन्द्रनगर गाउँपालिका, सदरमुकाम मलंगवा लगायतमा विरोध र्याली गर्ने, असार १४ गते विहिबारका दिन संघर्ष समितिको बैठक बसेर महिला संगठन तथा जय भिम समिति समेत गठन गर्ने भेलाको निर्णयमा उल्लेख छ ।

यो पनि पढ्नोस्

वडाध्यक्ष तथा कार्यपालिका सदस्यका श्रीमानले दलितमाथि कुटपिट गरेकाे आराेप