logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर ९ पिडारीका बिपन्न मुसहर महिलाहरुलाई पशु हस्तान्तरण


  • उज्यालो अभियान

पिडारी – हरिपुर नगरपालिका ९ पिडारीका अति बिपन्न मुसहर महिलाहरुलाई आय आर्जनको लागी पशु बितरण गरिएको छ ।

गरिव तथा पछाडी परीएका मुसहर समुदायका महिलाहरुको पशुपालन द्धारा आयआर्जन गरेर जिविकोपार्जन गर्ने उद्देस्यले साउथ एसिया पार्टनरशीप नेपाल साप नेपाल नामक गैर सरकारी संस्थाले समुदायको २० घरपरिवार मध्य १६ परिवारलाई बाख्रा, २ जनालाई पाडी र २ जनालाई बंगुर सहयोग गरेको छ । पशु खरीद गर्नको लागी साप नेपालले समुहलाई १ लाख ५० हजार रकम उपलब्ध गराएको थियो । उनिहरु स्वयम आफैले गाँउ तथा हाट बजारमा गएर बाख्रा तथा पाडीहरु किनेर ल्याएका थिए ।

मुसहर वस्तिमा मुसहर महिला सशक्तिकरण मन्च गठन गरी पशुपालन समुह दर्ता गरेर महिलाहरुलाई पशुपालन मार्फत आत्मनिर्भर बनाउन त्यहाका महिलाहरु गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकाहरुलाई बिध्यालयमा पढन पठाउन थालेका छन । मासिक रुपमा बचत गर्दै आएका छन भने साप नेपालले समुहमा हाल सम्म १ लाख ५० हजार बारबरको कोष स्थापना गरेका छन ।

हरिपुर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ यादवले मुसहर समुदायको आय आर्जनका लागी नगरपालिकाले आगामी दनिमा पशुपालन, तरकारी खेती गर्न बजेट बिनियोजन गर्ने बताए । मुसहर टोलमा जाने बाटो ढलान गर्न बजेट छुट्टाएको र समुदायीक भबन समेत आगामी कार्यकालमा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष जय कुमारी माझीले समुहका विपन्न मुसहर महिलाहरु छानौट गरेर पहिलो चरणमा पशु बितरण गरेको बताई । उनले पशुपालन सम्बन्धी तालिम र पशु बिमाको व्यवस्था गर्न अनुरोध गरेकी छन ।

उक्त समुहका अधिकासं मुसहर बालबालिकाहरुको नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र बिध्यालय भर्ना अभियान चलाउदै आएको थियो । यस बर्षको शैक्षिक सत्रमा ५५ जनालाई बिद्यालयले पोशाक उपलब्ध गाराएको छ । महिलाहरुलाई स्थानिय स्तरमानै रोजगारीको अवसर सृजना गरेर आय आर्जन गर्ने उद्देस्यले पशु चौपाए बितरण गरेको साप नेपालका प्रादेसीक संयोजक जनक कार्कीले बताए ।

अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालीत लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरिपुर न।पा वडा नं ९ पिडारीमा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई जेन्डर, समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहु विवाह बिरुद्ध सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । यसका साथै स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धीमा अनुसिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको छ ।