रामगनर – सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित स्वास्थ्य चौकी गडहियामा शुक्रबार बाट जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याइएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच जनस्वास्थ्य प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको हो । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहयोगमा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशाला अर्थात् ल्याबमा अब स्थानीयले सर्वसुलभ शुल्कमा भिडियो–एक्सरे, रगत परीक्षणलगायत ल्याबबाट प्रदान हुने सेवा पाउने छन् ।
प्रयोगाशालाको संविधान सभाका सदस्य शिवपुजन राय, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, मधेश प्रदेश जनस्वासथ्य प्रयोगाशाला जनकपुरका निर्देशक डाक्टर श्रवणकुमार मिश्रलगायत भएर उद्घाटन गरेका हुन् ।