logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवासमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाई स्वागत


  • उज्यालो अभियान

बयलवास  – भर्खरै कारागारमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई शुक्रबार सर्लाहीको बयलवासमा स्वागत गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टी सर्लाहीले ईश्वरपुर नगरपालिका–७, स्थित बयलवासमा एक कार्यक्रमको आयोजना गरी चौधरीलाई स्वागत गरेको हो । सोही अवसरमा पार्टी प्रवेशको कार्यक्रम राखिए पनि चौधरीलगायतका अन्य अतिथि जनकपुर जानुपर्ने भएकाले पार्टी प्रवेशको कार्यक्रम केही समयपछि हरिपुरमा गर्ने गरी थाती राखिएको आयोजकले जनायो ।

पार्टीका जिल्ला अध्यक्ष पृथ्वीसिंह थारुको अध्यक्षता तथा पार्टीका संरक्षक चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष दामोदर पण्डित, संघीय सांसद गंगाराम डंगौरा थारु, मधेश प्रदेश सभाकी सदस्य उर्मिलादेवी सिंह थारुलगायतको आतिथ्यता रहेको थियो ।