बलरा – सर्लाहीका विभिन्न ४ वटा सामुदायिक विद्यालय यस वर्ष सवोत्कृष्टको सूचीमा परेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न आधारलाई मूल्यांकन गरी यहाँका ४ वटा विद्यालयलाई नमूना मान्दै उत्कृष्ट घोषणा गरेको हो । जस अन्तर्गत क्षेत्र नं. १ मा नवजीवन विद्याश्रम माध्यमिक विद्यालय लालबन्दी २ जुटपानी, क्षेत्र नं. २ मा जलधर कमलदेव मावी ब्रम्हपुरी १, क्षेत्र नं. ३ मा नवजनजागरण माध्यमिक विद्यालय बागमती ८ शंकरपुर र क्षेत्र नं. ४ मा रामसखी मोहितसिंह जनता माध्यमिक विद्यालय बलरा ४ रहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठनको अवस्था, भौतिक पूर्वाधारलगायत विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय अवस्थालाई मूल्यांकन गरी यि ४ विद्यालयलाई सवोत्कृष्ट घोषणा गरेको हो । सर्वोत्कृष्टको सूचीमा परेका यि ४ विद्यालयलाई जनही ५ लाख रुपैयाँको दरले अनुदान प्राप्त हुने बताइएको छ ।