logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम आज पनि धुम्म, घाम नलाग्दा गर्मी घट्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज पनि धुम्म भइरहेको छ ।

यस क्षेत्रमा हिजो दिउँसोपख केहीबेर हावाहुरीसहित पानी परेको थियो । आज पनि हिजो जस्तै गरी मौसम धुम्म भएर पानी पर्लाजस्तो भएको हो ।

दुई÷तीन दिनदेखि चर्को घाम हटेर बेलाबेलामा पानी छिट्याउँदा गर्मी केही कम भएको छ । जसका कारण सर्वसाधारणले राहत महसुस गरेका छन् । सामान्य वर्षाले किसानलाई पनि राहत पुर्याइरहेको छ ।

किसानले अझै ठूलो वर्षाको आश गरेका छन् । जमिन हल्का रुपमा भिजेपछि उत्तरी भेगका किसान मकैमा मलखाद गर्न ब्यस्त छन् । तर, सरकारी अनुदानको रासायनिक मल नपाएपछि गुणस्तरहीन भारतीय मल प्रयोग गर्नुपरिरहेको गुनासो किसानले गरेका छन् ।

सिँचाईको सुविधा रहेको दक्षिणी भेगका किसान भने कोही धानको ब्याड राख्ने र कोही अब धान नै रोप्ने सुरसारमा पनि जुट्न थालेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।