logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा समृद्धि फाइनान्सको शाखा विस्तार


  • उज्यालो अभियान

गैर – समृद्धि फाइनान्सले नवौं शाखाको रुपमा सोमबार सर्लाहीको गैर बजारमा शाखा विस्तार गरेको छ ।

राष्ट्र बैंकबार्ट ग वर्गको इजाजत प्राप्त समृद्घिले कविलासी नगरपालिका–७ स्थित गैर बजारमा शाखा विस्तार गरेको हो । केन्द्रिय कार्यालय काठमाडौं रहेको फाइनान्सको सर्लाहीमा भने पहिलो शाखा हो ।

कविलासी नगरपालिकाका मेयर ब्रह्म्देव राय र फाइनान्सका संस्थापक संचालक सुजन अधिकारीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमेयर पुनम कर्ण, समाजसेवी रजनीकान्त झा लगायत स्थानीय ब्यापारीहरुको उपस्थिती थियो ।

गैर शाखाका प्रवन्धक रामहरी निरौलाको संचालनमा भएको कार्यक्रममा फाईनान्सका नायव प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सर्वसाधारणसंग बचत संकलन गरेर ब्यापारी तथा निक्षेपकर्तालाई ऋण लगानी गर्नु नै मुख्य उद्देश्य रहेको जानकारी दिए । उनले ग्रामिण क्षेत्रमा अझै पनि बैंकिङ सेवा पुग्न नसकेका क्षेत्रमा आफुहरुले शाखा विस्तार गरेको बताए ।

फाइनान्स कम्पनीका अनुसार बैदेशिक रोजगारीमा गएकाहरुले रेमिट मार्फत बैंकमा सिधै डिपोजिट गर्न पाउने छन् । खाता भएका ग्राहकलाई फाइनान्सले डेविट कार्ड र मोवाइल बैंकिङ सेवा उपलब्ध गराउने छ ।

सर्वसाधारणले समृद्घिको मोवाइल बैंकिङ मार्फत ग्याँस सिलिन्डर खरिद गरे प्रति सिलिन्डर ५० रुपैया छुट दिने समेत ब्यवस्था मिलाएको जनाइएको छ ।